२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन १४ हजार बढीले लगाए कोरोना विरुद्धको खोप कोभिशिल्ड

एकैदिन १४ हजार बढीले लगाए कोरोना विरुद्धको खोप कोभिशिल्ड


काठमाडौं—एकैदिन १४ हजार बढी कोरोना भाइरस विरुद्धको भ्याक्सिन कोभिशिल्डको पहिलो डोज लिएका छन् । आइतबार एकैदिन १४ हजार ५ सय २० जनाले कोरोना विरुद्धको खोप लिएका हुन् ।

यसअघि अपेक्षा गरेअनुसार खोप अभियान अगाडि बढेको थिएन । तर, आइतबार छुट भएका स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधी, स्वयंसेवक, वित्तिय संस्थामा कार्यरत कर्मचारी, निजामती सेवाका कर्मचारी, सुरक्षाकर्मीलाई खोप दिन सुरु गरेको हो ।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप दिएको थियो । त्यसपछि संचारकर्मी र कुटनीतिक नियोगका अधिकारीलाई खोप दिइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ