२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजिल्ला स्वास्थ्य म्याग्दीका निमित्त प्रमुखसहित ३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा

जिल्ला स्वास्थ्य म्याग्दीका निमित्त प्रमुखसहित ३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यलय म्यादीका निमित्त प्रमुख भीमप्रसाद आचार्यसहित तीन जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । शुक्रबार अख्तियारले आचार्यसहित जिल्ला स्वास्थ्य कार्यलयका स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

अख्तियारले भीमप्रसाद, रघुनाथ र हरिशंकरले सेवाग्राहीले सञ्चालन गरेको कार्यक्रमको पेश्की फस्र्यौट गर्ने क्रममा १ लाख ३० हजार घुस मागेर बाडीचुडी खाने बदनियत देखिएको भन्दैं उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत १ लाख ३० हजार बिगोसहित कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारको पोखराबाट गएको टोलीले जनस्वास्थ्य निरिक्षक भीमप्रसाद, स्टोरकिपर (अधिकृत छैटौं) रघुनाथ र लेखापाल हरिशंकर र हलुका सवारी चालक भगदत्त जैसीलाई सेवाग्राहीसँग १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको थियो ।

आयोगले भगदत्तलाई भने भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारवाही गराउने कार्यमा आयोगलाई सहयोग पु¥याएको भन्दैं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायको माग गरेको छैन् । उनलाई अदालतमा साक्षीका रुपमा पेश गर्ने आयोगले जनाएको छ ।

अख्तियारको पूर्ण विज्ञप्ति

प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१३ गते ।
——————————————

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भगदत्त जैसीलाई सेवाग्राहीसँग रू.१,३०,०००।– (एक लाख तीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू भीम प्रसाद आचार्य, रघुनाथ रेग्मी तथा हरिशंकर शर्माले सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस रकम माग गरी रू.१,३०,०००।–(एक लाख तीस हजार) घुस/रिसवत रकम लिइ बाँडीचुडी खाने बदनियतले सवारीचालक मार्फत जम्मा गर्न पठाएको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजहरूलाई बिगो रु.१,३०,०००।–(एक लाख तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै आरोपित भगदत्त जैसीले सेवाग्राहीबाट घुस/रिसवत बापतको रकम लिई जम्मा गर्न जाने क्रममा पक्राउ परी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) को कसुरको मतियारको रूपमा कार्य गरेको देखिएतापनि निजले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पुर्‍याएको आधार कारणबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम हाललाई सजायको मागदावीमा पूर्ण रूपमा छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने।

प्रवक्ता
प्रदीपकुमार कोइराला


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ