२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा

सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा


काठमाडौं—सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने एक जना ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा परेका छन् । २ फागुनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले काठमाडौंको संगमटोलबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीले अर्घाखाँचीको मालारानी गाउँपालिका—८ घर भएर काठमाडौं बस्दैं आएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको स्थायी दर्ता प्रमाणपत्रका लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन भरेपछि फारमको अन्त्यमा काउन्सिलमा दर्ता स्थायी चिकित्सकले दस्तखत गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।

तर, डा. कृष्ण जिल्लाको स्थायी दर्ताको आवेदन फर्ममा जितेन्द्र पन्थीले ‘डा. जितेन्द्र शर्माले एनएमसी रजिष्ट्रेशन नम्बर २३६४’ लेखेर प्रमाणित गरेका थिए । जुन रजिष्ट्रेशन नम्बर डा. जोतिन्द्र शर्माको रहेको मेडिकल काउन्सिलको वेवसाइटले देखाउँछ ।

डा. जोतिन्द्रको नम्बरमा पन्थीले कीर्ते हस्ताक्षर गरेको शंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।

अनुसन्धान गर्दा पन्थीले काउन्सिलबाट लाइसेन्स नै नलिएर डाक्टर भनेर सहीछाप गरेको पाइएको थियो । प्रहरीले त्यसपछि लिखत सम्बन्धि कसुर गरेको भन्दैं २ फागुनमा उनलाई पक्राउ गरेको हो ।

सिआईबीकी प्रवक्ता गंगा पन्तले जितेन्द्रमाथि काठमाडौं जिल्ला अदालतबाट लिखत सम्बन्धि कसुरमा म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ