कोरोनाको नयाँ स्वरूप विश्वको लागि खतरा रहेको बेलायतका वैज्ञानिकले दावी गरेका छन्। उनीहरुको अनुसार उक्त नयाँ स्वरूपबाट मुक्ति पाउन कमसेकम १० वर्षसम्म लाग्न सक्ने छ।
कोभिड-१९ जीनोमिक्स युके कन्सोर्टियमकी निर्देशक शेरोन पीकोकले भनिन, ‘मलाई लाग्छ भविष्यमा वर्षौंसम्म धेरै प्रकारका भाइरसका प्रजाति देखा पर्ने छन् । हामी १०वर्षसम्म यो भाइरसको नयाँ नयाँ प्रजातिसँगको लडाई जारी राख्नेछौं।’
‘यो पुरै बेलायतमा फैलिसकेको छ र यो विश्वभर फैलने सम्भावना बढी देखिन्छ। यो भाइरसमा खोपले रोक्न सक्दैन। अहिलेको बनेका कोरोना भाइरस विरुद्धका खोपहरु सुरुवातको कोरोनामा आधारित रहेर तयार भएको छ। त्यसकारण अझै खोपमा मेहेनत गर्न पर्ने देखिन्छ।, ‘उनले भनिन् ।
उनको अनुसार एकपटक यो भाइरस शीर्ष स्थानमा पुग्नेछ ।
जेनेटिक सर्भिलेन्स प्रोग्रामका प्रमुख शेरोनले भाइरसको म्यूटेशनमाथि चिन्ता व्यक्त गर्दै भने, ‘नयाँ स्वरूपको कारण पुन बेलायतमा लकडाउन हुने सम्भावना छ।’
विज्ञहरुले पहिलाको भाइरसभन्दा ७० प्रतिशत तीव्ररुपले नयाँ स्वरूप फैलिने जनाएका छन्। सुरुवातमा बेलायतमा देखिएको यो नयाँ स्वरूप ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको छ।
– बीबीसीबाट