काठमाडौं – थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ सय २२ जना संक्रमित थपिएका हुन् ।
यस्तै, सोमबार काठमाडौं उपत्यकामा ७३ जनामा कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।
यस्तै, आइतबार १ सय ४४ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।
आज ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मुलुकभर गरेर आज १७ जना भेन्टिलेटरमा र ५९ जना कोरोना बिरामी आईसियुमा उपचाररत छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ ।