२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो

भारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो


काठमाडौं— नेपाल सरकारले खरिद गरेको कोरोना विरुद्धको २० लाख डोज भ्याक्सिनमध्ये १० लाख डोज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार दिउँसो एयर इण्डियाको विमानमार्फत १० लाख डोज खोप नेपाल आइपुगेको हो ।

उक्त खोप प्रदेशलाई वितरण गर्नुअघि मन्त्रालयले स्वास्थ्य सेवा विभागको टेकुस्थित कोल्ड स्टोरमा भण्डारण गरिनेछ ।

सरकारले क्याम्ब्रिज युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिड—१९ विरुद्धको खोप कोभिसिल्ड उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गरेको छ । प्रतिडोज ४ डलरमा सरकारले २० लाख डोज खोप खरिदका लागि यसअघि नै ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी पठाएको थियो ।

जसमध्ये १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको हो । थप १० लाख डोज खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यसअघि भारतले कोभिसिल्ड खोपको १० लाख डोज नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ