२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीएस निस्क्रिय बनाउने तयारी, कोभिड—१९ सम्बन्धी काम अब महाशाखाहरुबाट

आईसीएस निस्क्रिय बनाउने तयारी, कोभिड—१९ सम्बन्धी काम अब महाशाखाहरुबाट


काठमाडौं—कोभिड—१९ महामारी सुरु भएसँगै सक्रिय भएको स्वास्थ्य सचिव नेतृत्वको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) बिस्तारै निस्क्रिय बनाउने तयारी गरिएको छ ।

गत हप्ता स्वास्थ्य सचिवस्तरीय निर्णय गर्दै अबका दिनमा कोभिड—१९ सम्बन्धी कार्य गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जिम्मा दिइएको छ भने खोपको व्यवस्थापनको जिम्मेवारी परिवार कल्याण महाशाखालाई दिइएको छ ।

यसअघि कोभिड—१९ र स्वास्थ्यका अन्य जुनसुकै कार्यक्रम पनि आईसीएसको अनुमतिमा मात्र गर्ने गरी सक्रिय गराइएको छ ।

कोभिड—१९ बाट संक्रमित हुनेको संख्या कम हुँदै गएको र खोपको व्यवस्थापन सुरु भइसकेकोले त्यस सम्बन्धी हुने नीतिगत निर्णय र स्रोत व्यवस्थापनमात्र आईसीएसले गर्ने उल्लेख छ ।

मन्त्रालयका एक अधिकारीकाअनुसार कोभिड—१९ अब अन्य सरुवा रोग सरह हुने अवस्थामा गएको हुदा आईसीएस डिएक्टीभ गर्ने तयारी रहेको बताए । ‘खोपको व्यवस्थापन सुरु भइसकेको छ । संख्या पनि घट्दै छ,’ ती अधिकारीले भने, ‘अब कोभिडको काम पनि अन्य सरुवा रोग जस्तै इडिसिडीले ह्यान्डलिङ्ग गर्ने निर्णय भएको हो ।’

सचिव नेतृत्वमा रहेको आईसीएसलाई निस्क्रिय गराउने प्रयास स्वरुप हप्तामा दुई पटक बस्दै आएको बैठक एक पटकलाई तोकिएको छ । केही समयमा नै त्यसलाई पनि हटाएर आइतबार नियमित हुने मन्त्रालयका उच्च अधिकारी र तीन वटै विभागका महानिर्देशक, निर्देशकहरुको बैठकमा सिमित गर्ने तयारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ