२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोस्रो चरणमा करिब ७ हजार बुथबाट खोप सेवा दिइने

दोस्रो चरणमा करिब ७ हजार बुथबाट खोप सेवा दिइने


काठमाडौं – सरकारले २३ फागुनबाट दोस्रो चरणको खोप अभियान संचालन गर्दैैछ । पहिलो चरण अन्तर्गत ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य लिएको सरकारले जिल्ला अस्पतालहरुबाट मात्रै खोप संचालन गरेको थियो ।

कुनै समस्या देखिन सक्छ की भनेर चिकित्सक भएको ठाउँमा बुथ राखी खोप सेवा चलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा खोपको प्रभावकारीता निकै राम्रो देखिएको छ । खोप लगाएका करिब ३० प्रतिशतलाई सामान्य लक्ष्य देखिएपनि कुनै अप्रिय घटना नभएपछि सरकारले अब देशभरका अस्पतालहरुबाट खोप सेवा संचालन गर्ने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले देशभरका सरकारी अस्पताल र स्वास्थ्य सस्थाहरुबाट समेत खोप सेवा संचालन हुने बताए । दशेभर ५ हजारको हाराहारीमा अस्पतालहरु छन् भने स्वास्थ्य सँस्थामा समेत बुथ राख्दा करिब ७ हजारको संख्यामा पुग्ने अधिकारीहरुले बताएका छन् । यसमा पनि आवश्यकता अनुसार बुथ थपघट गर्न सकिने डा. शर्माले बताए ।

खोप संचालनका लागि १५ हजार बढी स्वास्थ्यकर्मी परिचालित हुने भएका छन् । सरकारले दोस्रो चरणमा ५५ वर्ष माथि उमेर समूहमा खोप चलाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, यही चरणमा औषधी पसलमा बस्ने कर्मचारीले पनि पाउनेछन् । दोस्रो चरणको खोप संचालनका लागि आइतबार मात्रै सेरमले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप खरिद गरेर ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ