२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२५ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

थप १२५ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त


काठमाडौं– काठमाडौं उपत्यकामा ५२ जना सहित देशभर थप १ सय २५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ रहेको छ।

पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ९० जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ९  सय ६६ पुगेको छ ।

यस्तै,  अहिले ९ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

नेपालमा हाल ४३ जना कोरोना संक्रमितको आईसियू र ११ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, हाल १ सय ६५ वटा खोप केन्द्रबाट अभियान चलिरहेको छ  । भने, हालसम्म ४ लाख १४ हजार २ सय १५ जना नागरिकले खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ