२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ थप १२५ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त

थप १२५ जनामा कोरोना पुष्टि, ९० जना संक्रमणमुक्त


काठमाडौं– काठमाडौं उपत्यकामा ५२ जना सहित देशभर थप १ सय २५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ रहेको छ।

पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ९० जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ९  सय ६६ पुगेको छ ।

यस्तै,  अहिले ९ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

नेपालमा हाल ४३ जना कोरोना संक्रमितको आईसियू र ११ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, हाल १ सय ६५ वटा खोप केन्द्रबाट अभियान चलिरहेको छ  । भने, हालसम्म ४ लाख १४ हजार २ सय १५ जना नागरिकले खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ