गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सक लाइसेन्स परीक्षामा ५४.४७ प्रतिशत पास चिकित्सक लाइसेन्स परीक्षामा ५४.४७ प्रतिशत पास हेल्थ आवाज मंगलबार, २०७७ फागुन ११ गते, १५:२० मा प्रकाशित काठमाडौं—चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार काउन्सिलले ९, १० र ११ फागुनमा लिएको चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । समग्रमा लाइसेन्स परीक्षामा ५४.४७ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार लाइसेन्स परीक्षामा मेडिकलकतर्फ ५५.७ प्रतिशत उत्तीर्ण भएका छन् भने डेन्टलतर्फ ४४.८ प्रतिशत उत्तीर्ण भएका छन् । ‘मेडिकलतर्फ ६५४ जना (५५.७ प्रतिशत) र डेन्टलतर्फ ९४ जना (४४.८ प्रतिशत) उत्तीर्ण भएका छन्,’ उनले भने । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ ११६४ जना र डेन्टलतर्फ २०९ जना गरी जम्मा १३७३ जना परीक्षार्थी सहभागी रहेका थिए । नतिजाअनुसार नाम दर्ता परीक्षामा एमबीबीएसतर्फका ५१० जना र डेन्टलतर्फका ११५ जना फेल भएका छन् । अधिकारीकाअनुसार परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर बुझाएर काउन्सिललाई इमेलमार्फत आवेदन दिन सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोभिड महामारीमा खटिएका ७७ चिकित्सक सम्मानित प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने थप १२० जनामा कोरोना संक्रमण पुष्टि कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो कोभिड महामारीमा खटिएका ७७ चिकित्सक सम्मानित प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने थप १२० जनामा कोरोना संक्रमण पुष्टि कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो स्वास्थ्य मन्त्रालय तत्काल सिंहदरबार भित्र नसर्ने ‘नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक’ धेरै पढिएका १ किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? २ पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम ३ कर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल ४ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर ५ ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ ६ मिलिनियम स्माइलकी डा. राधिका : जागरले जन्माएको स्टार्टअप ७ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप ट्रेण्डिङ मिलिनियम स्माइलकी डा. राधिका : जागरले जन्माएको स्टार्टअप विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने ब्लु क्रस अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था यी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित) कोभिड महामारीमा खटिएका ७७ चिकित्सक सम्मानित