×
२०७७ फागुन २०, बिहीबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदेशभर थप ११० जनामा कोरोना पुष्टि

देशभर थप ११० जनामा कोरोना पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा ५२ जना सहित देशभर थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ रहेको छ।

पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई  १ सय २ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७०  हजार ६८ जना  पुगेको छ ।

नेपालमा हाल ४६ जना कोरोना संक्रमितको आईसियू र १२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । अहिले १ हजार ६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

यस्तै, हाल १ सय ६५ वटा खोप केन्द्रबाट अभियान चलिरहेको छ  । भने, हालसम्म ४ लाख २८  हजार ९ सय २४  जना नागरिकले खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ  ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस