२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिसेफले बचन दियो, कोल्ड रुम दिएन

युनिसेफले बचन दियो, कोल्ड रुम दिएन


काठमाडौं—अन्तर्राष्ट्रिय सहयोग संस्था युनिसेफले नेपाललाई कोल्ड रुम दिने बचन गरेपनि अहिलेसम्म दिन सकेको छैन । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि आवश्यक पर्ने कोल्ड रुम सहयोग गर्ने बताएको थियो । तर, कोरोना खोप सुरु भएको एक महिना पुग्दा समेत युनिसेफले प्रतिवद्धताअनुसार उपकरण दिन सकेको छैन ।

खोप भण्डारण गर्ने कोल्ड रुम कम भएकाले हाल सरकारले १० लाख डोजभन्दा बढी खोप आयात गर्न सकेको छैन । क्षमता ठुलो भएको बताएपनि बढीमा दश लाख मात्रै राख्न सकिएको अधिकारीहरु बताउँछन् । भण्डारण क्षमता कम भएकाले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये पहिलो चरणमा १० लाख मात्रै ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार नियमित खोप भण्डारण गर्ने केही कोल्ड रुम खाली गरेर भ्याक्सिन भण्डारण गरिएको छ । बिभागका अनुसार युनिसेफले दिने भनेको १८ वटा कोल्ड रुम अझै केही महिना आउँदैनन् । कोभ्याक्स सुविधा (गाभी)ले २० प्रतिशत नागरिकलाई गुग्ने भ्याक्सिन ल्याउने, युनिसेफले भण्डारण गर्ने उपकरण ल्याउने, विश्व स्वास्थ्य संगठनले त्यसका लागि प्राविधिक सहयोग गर्ने बचन दिएको थियो ।

उनीहरुले निःशुल्क सहयोग गर्ने भनेपनि आवश्यक पर्ने बजेटको प्रबन्ध गरिएको छ । अधिकारीहरुका अनुसार १८ वटा कोल्ड रुमका लागि ७ लाख डलर खर्च हुने उल्लेख छ । ८ करोड ११ लाख २९ हजार ३ सय ७० नेपाली रुपैयाँ लाग्ने छ । यसरी उपकरण र भ्याक्सिनमा लागेको खर्च सहयोग गर्ने रकमबाट कटाउने छन् ।

युनिसेफले समयमा कोल्ड रुम दिए सरकारले काम नलाग्ने कोल्ड रुम हटाएर नयाँ राख्ने लक्ष्य लिएको थियो । कर्णाली र जनकपुरमा नयाँ कोल्ड रुम थप गर्ने सरकारको तयारी छ । त्यस्तै, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कोल्ड रुम पनि मर्मत भएको छ । वर्षौ अगाडि तरकारीको व्यवस्थापन गर्न उक्त कोल्ड रुम तयार पारिएको थियो । त्यसै थन्किएर बसेको कोल्ड रुम कोभिडमा स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको छ । पथलैया, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेतमा रहेका कोल्ड रुमहरु पनि मर्मत गरेर संचालनमा ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ