२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ८५.६४ प्रतिशतले लगाए कोरोना खोप

नेपालमा ८५.६४ प्रतिशतले लगाए कोरोना खोप


काठमाडौं- नेपालमा हालसम्म ८५.६४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। बुधबार स्वास्थ्य सेवा विभागले  सार्वजनिक गरेको तथ्याङ्क अनुसार सातै प्रदेशमा गरेर ८५.६४ प्रतिशत अर्थात ४ लाख २९ हजार ७ सय ५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।

विभागले नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकामा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जना अर्थात् कुल जनसंख्याको १.४ प्रतिशतले खोप पाएको बताएको छ।

विभागका अनुसार पहिलो चरणको पहिलो प्राथमिकतामा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका थिए। जसमा सरकारले पहिलो प्राथमिकतामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक र सुरक्षाकर्मीलाई राखेको थियो। सो अभियान माघ १४ देखि २४ गतेसम्म चलेको थियो।

यस्तै, भारतबाट अनुदानमा आएको खोपको बचेको मात्रालाई सदुपयोग गर्दै सरकारले पहिलो चरणको पहिलो प्राथमिकतामा थप गरेर काठमाडौँ उपत्यकाभित्रका कुटनीतिक आयोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारलाई खोप दिएको थियो। जसअन्तर्गत ३ हजार ४ सय ८० जनाले खोप लगाएका थिए।

पहिलो प्राथमिकताको दोस्रो चरणमा २ सय २२ खोप केन्द्रबाट २ लाख ४० हजार ३६० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। दोस्रो चरणमा प्राथमिकतामा निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी,नेपाल प्रहरी, नेपाल आर्मी, बैंकका कर्मचारी, निजी संस्थामा कार्यरत कर्मचारी, अदालतहरुमा कार्यरत कर्मचारी रहेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ