२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजोखिम भत्ता नपाए त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलन गर्ने

जोखिम भत्ता नपाए त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलन गर्ने


काठमाडौं—त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले जोखिम भत्ताबारे सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले यस्तो चेतावनी दिएका हुन् ।

कोभिड—१९ विरुद्ध अग्रपंक्तिमा खटिएका आवासीय चिकित्सकलाई उचित मुल्यांकन गर्दै नियमअनुसार जोखिम भत्ता उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । ‘हाम्रो माग छिटो सुनुवाई नभएमा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं,’ आवासीय चिकित्सकहरुले भनेका छन् ।

त्रिविका आवासीय चिकित्कसहरुले कोभिड—१९ विरुद्ध सुरुदेखि नै आफूहरु अग्रपंक्तिमा रहेर सेवा दिइरहेको बताएका छन् ।

‘व्यक्तिगत सुरक्षा सामाग्री, क्वारेन्टाइनलगायत विविध अभावै अभावको सामना गर्दै, व्यक्तिगत तथा परिवारको स्वास्थ्यलाई जोखिममा राखेर पटक—पटक सामाजिक अवहेलना सहनुपर्ने बाध्यताको बाबजुद कोभिड सेवा प्रवाहलाई प्रभावकारी बनाउन अहम भूमिका निर्वाह गर्ने आवासीय चिकित्सकहरु एक वर्ष हुँदासम्म जोखिम भत्ताबाट बन्चित हुनु एकदम खेदपूर्ण छ,’ त्रिवि शिक्षण अस्पताल आवासीय चिकित्सक अध्यक्ष डा. सुभाष देवकोटा र सचिव डा. सुमन दाहालले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

साथै, शिक्षणका आवासीय चिकित्सकहरुले मौखिक ध्यानाकर्षण गराउँदा पटक—पटक आश्वासन मात्रै पाएको र गम्भीरताका साथ नलिएको जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ