२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ११२ जनामा कोरोना पुष्टि

देशभर थप ११२ जनामा कोरोना पुष्टि


काठमाडौं – देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ११ वटा गरिएको पिसिआर परीक्षणमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ रहेको छ।

पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ८४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार २  सय २३ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ