२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय २७ जनाको पीसीआर परीक्षण भएकोमा थप ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३३ जना महिला र ७८ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३  जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ