२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोस्रो चरणका लागि प्रदेश-प्रदेशमा पुग्यो खोप, कुन प्रदेशलाई कति ?

दोस्रो चरणका लागि प्रदेश-प्रदेशमा पुग्यो खोप, कुन प्रदेशलाई कति ?


काठमाडौं—दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सबै प्रदेशमा खोप पाठाएको छ । २३ फागुनबाट सुरु हुने सो अभियानको लागि उपत्यका बाहिर रहेका कोल्ड चेन सेन्टरमा खोप पठाइ सकिएको व्यवस्थापन महाशाखा आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।

प्रमुख ढुंगानाकाअनुसार महासाखाले प्रदेश १ का सबै जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका लागि विराटनगर कोल्ड चेन सेन्टरमा ३ लाख डोज, प्रदेश २ का ६ जिल्ला र बागमती प्रदेशका मकवानपुर, सिन्धुली र चितवनका लागि हेटौडा सेन्टरमा २ लाख १० हजार डोज, गण्डकीको लागि पोखरा सेन्टरमा १ लाख डोज खोप पठाइएको छ ।

बाँकी रहेका बागमती प्रदेशका जिल्लामा काठमाडौंबाट सिधै पठाउने तयारी भइरहेको छ । जसमा रसुवा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पठाइसकिएको महाशाखाले जनाएको छ । त्यसैगरी लुम्विनी प्रदेशका लागि बुटवल कोल्डचेनमा २ लाख डोज, कर्णाली प्रदेशको लागि नेपालगञ्ज सेन्टरमा ८० हजार डोज र सुदूरपश्चिमका लागि धनगढी सेन्टरमा १ लाख २० हजार डोज पठाइएको छ ।

त्यसबाहेक भारत सरकारले यसअघि दिएको अनुदानको खोप पनि सबै सेन्टरमा बाँकी रहेको उनले बताए ।

सरकारसँग अहिले झण्डै १५ लाख भाइल खोप रहेको र सेरम इन्स्टिच्युट अफ इण्डियासँग खरिद गरेको थप १० लाख डोज खोप पनि आउने तयारीमा रहेको ढुंगानाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ