२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशीर्ष नेतासहित सांसदहरु कोरोना विरुद्धको खोप लगाउँदै [फोटो फिचर]

शीर्ष नेतासहित सांसदहरु कोरोना विरुद्धको खोप लगाउँदै [फोटो फिचर]


काठमाडौं—संसद बैठक आव्हान भएपछि प्रतिनिधी सभा तथा राष्ट्रिय सभाका सांसदहरु कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाउन सुरु भएको छ । बुधबार विहान १० बजेबाट सिभिल अस्पतालमा प्रतिनिधी तथा राष्ट्रिय सभाका सदस्यहरुलाई कोरोना विरुद्धको खोप दिन थालिएको हो ।

विहान सभामुख अग्नीप्रसाद सापकोटाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पनि खोप लिएकी छन् ।

नेकपा माधव प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल, सांसद देव गुरुङलगायतका अन्य सांसदहरु पनि कोरोना विरुद्धको खोप लिइरहेका छन् । अन्य सांसद तथा मन्त्रीहरुले पनि कोरोना विरुद्धको खोप लिन लगाउन थालेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ