२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयूएनएफपिएद्धारा पिपिई तथा प्रजनन स्वास्थ्य किट्स नेपाल सरकारलाई हस्तान्तरण

यूएनएफपिएद्धारा पिपिई तथा प्रजनन स्वास्थ्य किट्स नेपाल सरकारलाई हस्तान्तरण


काठमाडौं — संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(यूएनएफपिए)ले पिपिई तथा प्रजनन स्वास्थ्य किट्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई यूएनएफपिएले ६ हजार ४८ सेट पिपिई, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

उक्त सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सघाउ पुग्ने यूएनएफपिएको विश्वास छ  ।

प्रजनन स्वास्थ्य किट्समा समाबेश अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्रीले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत पुग्ने   यूएनएफपिएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको हो ।

यसअघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १,२०० सेट पिपिइ र ३,६०० थान स्यानिटाइजर मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ