×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचारकोरोना खोप अभियानमा स्वयंमसेविकालाई परिचालन गर्दै धनगढी

कोरोना खोप अभियानमा स्वयंमसेविकालाई परिचालन गर्दै धनगढी


धनगढी – धनगढी उप–महानगरपालिकाले कोभिड १९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनका लागि घरघरमा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने भएको छ ।

सरकारले खोप लगाउनका लागि प्राथमिकतामा पारेका ब्यक्तिहरुलाई अनिवार्य खोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गरिने नगरप्रमुख नृपबहादुर वडले बताए ।

कतिपयमा कोभिड-१९ विरुद्धको खोपका बिषयमा गलत बुझाइ र भ्रम समेत रहेकोले घरघरमा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्न लागिएको  नगरप्र्मुख वडले बताए  । आफुले पहिलो खोप लगाएको बताउँदै नगरप्रमुख वडले भने, ‘ केहि असर गर्दैन ढुक्कले खोप लगाउन अनुरोध गर्दछौं ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)