गृहपृष्ठ ∕ समाचार ∕ २७ वटा आधारभूत अस्पताल निर्माणमा विवाद, १ सय ६५ वटाको टेन्डर २७ वटा आधारभूत अस्पताल निर्माणमा विवाद, १ सय ६५ वटाको टेन्डर हेल्थ आवाज बिहीबार, २०७७ फागुन २० गते, ११:४१ मा प्रकाशित काठमाडौं—सरकारले १५ मंसिरमा एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको एकै दिन शिलान्यास गरेको थियो । हरेक पालिकामा एक–एक वटा आधारभूत अस्पताल बनाउने महत्वकांक्षी योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएकामध्ये पहिलो चरणमा ३ सय ९६ पालिकामा शिलान्यास गरेको हो । सरकारले दुई महिना भित्र निर्माण कार्य थाल्ने बताएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार हालै १ सय ६५ आधारभूत अस्पताल निर्माणको भने टेन्डर भएको छ । अहिलेसम्म अस्पताल नभएका सबै स्थानीय तहमा ५, १० र १५ शैय्याका आधारभूत अस्पताल दुई वर्ष भित्र बनाउने योजना सरकारको योजना छ । ३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । पछिल्लो प्रगति विवरणअनुसार १७ वटाको अहिलेसम्म कुनै पनि काम अगाडि बढेको छैन भने २७ वटा विवादमा छ । त्यस्तै २ सय ७१ वटाको डिपीआर तयार भएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा आधारभूत अस्पतालको निर्माण गर्न लागेको हो । मन्त्रालयकाअनुसार ५ शैय्याका ५२, १० शैय्याका १ सय ९ र १५ शैय्याका ३५ अस्पताल बनाइनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सीसीएमसी बैठक सम्पन्नः कोरोना रोकथामका विषयमा छलफल काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग सीसीएमसी बैठक सम्पन्नः कोरोना रोकथामका विषयमा छलफल काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित… धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं डा. कोजु करिष्मा नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने