२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशी अस्पतालमा टोकन प्रणाली लागु

कोशी अस्पतालमा टोकन प्रणाली लागु


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागु भएको छ । अस्पताल परिसरभित्र बिहीबार एक कार्यक्रम आयोजना गरेर टोकन प्रणाली लागु गरिएको हो ।

अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवारीको व्यवस्थापन गरिन ओपीडीमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

‘ओपीडीमा चिकित्सकलाई देखाउन पूर्जी काटनेको भिडभाड हुने गरेको थियो,’ डा. दासले भने, ‘टोकन प्रणाली लागु भएपछि अस्पताल आउने सेवाग्रीहीलाई अब घण्टौंसम्म लाइनमा बसेर सास्ती हुने छैन ।’

कोरोना संक्रमणबाट बच्न र लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागु गराएको जानकारी दिदै मेसु दासले अन्य विभागमा यसरी टोकन प्रणाली विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरु समेत सहजीकरणमा खटिने भएका छन् ।

कोशी अस्पतालमा दैनिक ९ सय देखि १ हजार जना सेवाग्राहीले ओपीडीमा सेवा लिने गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ