२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ आइतबारदेखि यी अस्पतालबाट कोरोना खोप लगाइँदै

आइतबारदेखि यी अस्पतालबाट कोरोना खोप लगाइँदै


काठमाडौँ  – सरकारले आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानका लागि काठमाडौं जिल्लाको १५ वटा अस्पताल तोकेको छ।

काठमाडौं महानरपालिकाले बिहिबार सूचना जारी गरी दोस्रो चरणमा परेकाहरुलाई आफ्नो परिचयपत्र सहित तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ।

सरकारले ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। र त्यसको १० दिनपछि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ।

यस्तो छ सूचना :

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ