२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ‘नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक’

‘नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक’


काठमाडौं—नेपालमा खोप अभियान सन्तोषजनक रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपालमा खोप अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठन नेपालका नेशनल प्रोफेशनल अफिसर डा. राहुल प्रधानले विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक देखिएको बताएका हुन् ।

उनका अनुसार एशियाली मुलुकमा भारतमा सबैभन्दा बढी व्यक्तिले कोरोना खोप लगाएका छन्। भारतमा हाल १ करोड ५६ लाखले खोप प्राप्त गरेका छन्।

हालै नेपालमा ४ लाखभन्दा माथिले कोरोना खोप लगाएका छन् भने विश्वभर गरेर २७ करोड पुगेको स्वास्थ्य आपतकालीन केन्द्रका प्रमुख डा. समिर कुमर अधिकारीले जनाए।

नेपालमा हालै अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप लगाइदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ