२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय तत्काल सिंहदरबार भित्र नसर्ने

स्वास्थ्य मन्त्रालय तत्काल सिंहदरबार भित्र नसर्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्काल सिंहदरबारभित्र नसर्ने भएको छ । गृहले आफ्नो नयाँ भवन बनाउने भएपछि स्वास्थ्य मन्त्रालय तत्काल भित्र नसर्ने निश्चित भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले प्रधानमन्त्रीले प्रयोग गरिरहेको भवनमा सर्ने र सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने तयारी थियो । तर, गृहले आफूले नयाँ भवन बनाउन बताएपछि तत्कालका लागि स्वास्थ्य मन्त्रालय भित्र नसर्ने भएको हो ।

‘गृहले आफ्नो भवन बनाउने भएपछि हाल खाली भएको भवनमा सर्ने भएको छ,’ स्वास्थ्य मन्त्रालय उच्चस्रोतले भन्यो, ‘अब स्वास्थ्य मन्त्रालय सर्नका लागि सिंहदरबारभित्र भवन नहुने भएपछि तत्काल नसर्ने पक्का भयो ।’

यसअघि सिंहदरबारभित्र सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा स्वास्थ्य सर्ने तय भएको थियो । तर, गृहको नयाँ भवन बनाउने योजनाले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्ने विषयलाई पर धकेलिदिएको छ ।

प्रधानमन्त्री कार्यलय अहिले आफ्नै भवन पुनःनिर्माण भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ