२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो


काठमाडौं—मष्तिष्कघात भएर गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं श्वास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चमत्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको अस्पतालले जनाएको छ ।

उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा श्वास फेर्न थालेका छन् । ‘यो भनेको अनपेक्षित सुधार हो,’ डा. झाले भने, ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’ सोमबार बिहानदेखि उनलाई मेसिनले श्वास फेराउने कामलाई घटाउँदै लगिएको थियो । स्वास्थ्य  अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो ।

सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् । तर, प्यारालाइसीस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाइ छ ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिएको थियो । यही कारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ