२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड महामारीमा खटिएका ७७ चिकित्सक सम्मानित

कोभिड महामारीमा खटिएका ७७ चिकित्सक सम्मानित


काठमाडौँ –  नेपाल चिकित्सक संघ नारायणी शाखाले ७१ औं नेपाल चिकित्सक दिवसको अबसरमा चिकित्सकहरुलाई सम्मान गरेको छ। सो शाखाले शनिबार विरगन्जस्थित सभा गृहमा एक समारोह आयोजना गर्दै कोभिड महामारीमा खटिएका बारा र पर्साका कोभिड अस्पतालका चिकित्सकलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा नारायणी अस्पताल,नारायणी अस्थाई कोभिड अस्पताल गण्डक, विरगन्ज हेल्थ केयेर अस्पताल, नेशनल मेडिकल कलेज अस्पताल, सिमरा आइसोलेशन, पोखरिया आइसोलेशन र कलैया कोभिड अस्पतालमा खटिएका ७७ जना चिकिस्तक रहेका छन्।

उक्त कार्यक्रममा संघका सचिव डा. उदय नारायण सिहंले महामारीको समयमा अतुलनिय योगदान दिने  सम्पूर्ण चिकित्सकलाई बधाई दिँदै सबैको सहयोगले कोभिडलाई नियन्त्रण गर्न सकेको बताए।

यस्तै, कार्यक्रममा प्रमुख अतिथि मेयर बिजय कुमार सराबगी जिउले चिकित्सकहरुको स्वास्थ्य क्षेत्रमा ठुलो योगदानको रहेको जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ