२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजनीतिक पावर विना खोप आउँन सक्दैन : स्वास्थ्यमन्त्री त्रिपाठी

राजनीतिक पावर विना खोप आउँन सक्दैन : स्वास्थ्यमन्त्री त्रिपाठी


काठमाडौँ – स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले राजनीतिक पावर विना खोप आउँन नसक्ने बताएका छन्। शनिबार युनिसेफ र स्वास्थ्य मन्त्रलयकाे संयुक्त आयोजित खाेपसमबन्धि कार्यक्रममा उनले खोप समयमै नेपाल भित्राउन राजनीतिक पावर लगाउन पर्ने बताएका हुन् ।

 उनले कार्यक्रममा बोल्दै भने, ‘खोप व्यवस्थापनमा धेरै जटिलता छ। सिमित देश र कम्पनीले मात्रै खोप बिकास गरेका छन्। कम्पनीको भरमा बसेर मात्र हुँदैन, राजनीतिक पावर लगाउनपर्छ ।’

आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा १७ लाख मानिसलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए।

यसको साथै उनले महामारी र खोपको विषयमा अनुसन्धान भैरहेको र खोप नै वार्तामान समयको लागि अन्तिम विकल्प रहेको बताए। ‘खोपले कोरोनालाई निर्मुल होईन, नियन्त्रण गर्छ। खोप भन्दा बढी प्रभावकारी अरु केही छैन।, ‘उनले भने।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ