२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४७ जनामा कोरोना पुष्टि

थप ४७ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप `४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पीसीआर परीक्षण भएकोमा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ६ सय ५५  पुगेको छ। पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ