२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् । आइतबार विहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड—१९ विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएका हुन् ।

 

सरकारले आइतबारदेखि कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । जसमा ६५ वर्षमाथिका नेपाली नागरिकलाई खोप लगाइदैंछ ।

यसअघि आजै गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ