२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो


काठमाडौं—कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना विरुद्धको खोपको पहिलो खेप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार टर्किस एयरलायन्सको विमानमार्फत आइतबार विहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपको पहिलो खेप नेपाल आइपुगेको हो ।

पहिलो खेपअन्तर्गत त्रिभुवन विमानस्थलमा आइपुगेको ३ लाख ४८ हजार डोज खोप स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ग्रहण गरेका छन्  ।

नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअनुसार झण्डै २० प्रतिशत नेपालीलाई लगाउन पुग्ने खोपको मात्रा पाउने छ । जसअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज कोभ्याक्सले नेपाल पठाएको हो ।

कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो । जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ