२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना खोपको पहिलो खेप नेपाल आइपुग्यो


काठमाडौं—कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना विरुद्धको खोपको पहिलो खेप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार टर्किस एयरलायन्सको विमानमार्फत आइतबार विहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपको पहिलो खेप नेपाल आइपुगेको हो ।

पहिलो खेपअन्तर्गत त्रिभुवन विमानस्थलमा आइपुगेको ३ लाख ४८ हजार डोज खोप स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ग्रहण गरेका छन्  ।

नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअनुसार झण्डै २० प्रतिशत नेपालीलाई लगाउन पुग्ने खोपको मात्रा पाउने छ । जसअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज कोभ्याक्सले नेपाल पठाएको हो ।

कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो । जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ