२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा. गणेश, महासचिवमा डा. कृष्ण

नेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा. गणेश, महासचिवमा डा. कृष्ण


काठमाडौं—नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)को अध्यक्षमा डा. गणेशकुमार राई निर्विरोध निर्वाचित भएका छन् । अनलाइनमार्फत शनिबार भएको संघको निर्वाचनबाट डा. राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै, संघको महासचिवमा भने डा. कृष्ण पौडेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा डा. रामहरि चापागाई निर्विरोध निर्वाचित भए भने सह—कोषाध्यक्षमा डा. राजु काफ्ले सर्वसम्मत निर्वाचित भए ।

उपाध्यक्षमा डा. कैलाशकुमार साह १९९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी डा. युवानिधी बसौलाले १ सय १३ मत पाए । सचिवमा डा. विष्णुरथ गिरी १७६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी डा. विजय थापाले ११८ मत ल्याए ।

८ जना सदस्यका लागि भएको निर्वाचनमा डा. सुमित अग्रवाल, डा. स्मृति माथेमा, डा. प्रकाश जोशी, डा. संगीता शाक्य, डा. ओमकृष्ण पाठक, डा. दीपक राजभण्डारी, डा महेशकुमार गौतम र डा. अंशु झा निर्वाचित भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ