२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा. गणेश, महासचिवमा डा. कृष्ण

नेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा. गणेश, महासचिवमा डा. कृष्ण


काठमाडौं—नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)को अध्यक्षमा डा. गणेशकुमार राई निर्विरोध निर्वाचित भएका छन् । अनलाइनमार्फत शनिबार भएको संघको निर्वाचनबाट डा. राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै, संघको महासचिवमा भने डा. कृष्ण पौडेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा डा. रामहरि चापागाई निर्विरोध निर्वाचित भए भने सह—कोषाध्यक्षमा डा. राजु काफ्ले सर्वसम्मत निर्वाचित भए ।

उपाध्यक्षमा डा. कैलाशकुमार साह १९९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी डा. युवानिधी बसौलाले १ सय १३ मत पाए । सचिवमा डा. विष्णुरथ गिरी १७६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी डा. विजय थापाले ११८ मत ल्याए ।

८ जना सदस्यका लागि भएको निर्वाचनमा डा. सुमित अग्रवाल, डा. स्मृति माथेमा, डा. प्रकाश जोशी, डा. संगीता शाक्य, डा. ओमकृष्ण पाठक, डा. दीपक राजभण्डारी, डा महेशकुमार गौतम र डा. अंशु झा निर्वाचित भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ