२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही अस्पताल भर्ना

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही अस्पताल भर्ना


जुम्ला– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापबाट पीडित मुख्यमन्त्री शाही शनिबार अस्पताल भर्ना भएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाहीको काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

शाहीको अहिले स्वास्थ्यमा सुधार आएको सचिव आचार्यले बताए । ‘मुख्यमन्त्रीको पुरानै समस्या हो । अहिले सुधार आइसकेको छ’, आचार्यले भने, ‘सायद आजै डिस्चार्ज हुनुहुन्छ ।’

नेकपा प्रचण्ड–नेपाल समुहका मुख्यमन्त्री शाही पार्टी बैठकको सिलसिलामा काठमाडौं पुगेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ