२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१८ लाखलाई कोभिड खोप लगाउन ७ हजार खोप केन्द्र, १८ हजार स्वास्थ्यकर्मी परिचालन

१८ लाखलाई कोभिड खोप लगाउन ७ हजार खोप केन्द्र, १८ हजार स्वास्थ्यकर्मी परिचालन


काठमाडौं -देशभर ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । दोस्रो चरण अन्तर्गत सुरु भएको अभियानमा १७ लाख ८२ हजार ४ सय ६९ जना सहभागी हुने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सफल बनाउँन देशभर ७ हजार बुथ राखिएको छ । त्यस्तै खोप लगाउन करिब १८ हजार स्वास्थ्यकर्मी सहभागी भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए । जेष्ठ नागरिकलाई सहजताका लागि हरेक स्वास्थ्य सस्थामा बुथ राखिएको छ ।

सरकार समक्ष हाल १८ लाख डोज मात्रै खोप रहेको छ । खोप न्युन भएका कारण अन्तिम समयमा सरकारले खोप लगाउने सुचि सच्याएको थियो । यस अघि ५५ वर्ष माथि उमेर समूहमा २३ फागुनबाट खोप लगाउने निर्णय गरेको थियो । तर, ‘कोभ्याक्स सुविधा’ ले धोका दिएपछि लक्ष्य अनुसार खोप नचल्ने भएको हो ।

‘कोभ्याक्स सुविधा’ ले पहिलो चरणमा फगुन पहिलो हप्ता २२ लाख ५६ हजार डोज कोभिसिल्ड खोप उपलब्ध गराउने बताएको थियो । निर्णयबाट पछि हट्दै ‘कोभ्याक्स सुविधा’ ३ लाख ४८ हजार डोज मात्रै आइतबार उपलब्ध गराएपछि समस्या आएको छ ।

सरकारले ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य सङ्गठन मिलेर ’कोभ्याक्स सुविधा’ को २२ लाख ५६ हजार र सेरम इन्स्टिच्युट अफ इन्डियाले खरिदको दिन बाँकी १० लाख गरी ३२ लाख ५६ हजार र सरकार समक्ष मौज्दात रहेको १५ लाख गरी कुल ४७ लाख ५६ हजार डोजको योजना अनुसार दोस्रो चरणमा सरकारले ३७ लाख १२ हजार ६ सय २१ जनालाई खोप लगाउने सुचि तयार पारेको थियो । तर, कोभ्याक्स सुविधा’ ले ३ लाख ४८ हजार डोज मात्रै उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि आइतबार कोभिड विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा खोप लगाएका उनले सबैलाई खोप अभियान सफल पार्न आग्रह गरे । स्वास्थ्यमा कुनै समस्या नदेखिएको ओलीले बताएका छन् ।

६५ वर्ष माथिको संख्या

प्रदेश                         ६५ माथि
१                               २९३०९७
२                               ३७२२४०
बाग्मती                       ३८३२२०
गण्डकी                      १४८८७४
लुम्बिनी                      ३०३०५२
कर्णाली                      ८२६८७
सुदुरपश्चिम                  १९९२९९
जम्मा                         १७८२४६९


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ