२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

न्यूरोले अस्पतालले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरेर महिला दिवस मनाइएको हो ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरुलाई पनि सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेहरूमा शिक्षा क्षेत्रबाट प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्ष समेत रहेका शितला सुब्बा, पत्रकारिता क्षेत्रमा तारा आचार्य, नर्सिङ सेवा विगत लामो समयदेखि योगदान पु¥याउने हुने अंजुली कार्की, ट्राफिक व्यवस्थापनमा सक्रिय सेवा प्रदान गर्ने चन्द्रकला बिष्ट, प्रदेश १ मै पहिलो पटक तथा एकमात्र महिला एम्बुलेन्स चालक लीला बस्ताकोटी, कानुन तथा न्याय क्षेत्रमा निर्मला अर्याल, मिथिला भाषा कला तथा संस्कृतीको संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने बसुन्धरा झा, साहित्य क्षेत्रमा गंगा सुवेदी, उद्यमशील क्षेत्रमा चम्पा नेपाल, समाजिक क्षेत्रमा शिता पोखरेल, खेलकुद क्षेत्रमा रिना श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित हुने महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले सम्मान गरेकी थिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि तथा न्यूरो हस्टिलका कार्यकारी निर्देशक अनिषा विष्टले समाज रुपान्तरणको बाटोमा अघि बढेको भन्दै अब महिला र पुरुषबीच कायम रहेको भेदभावलाई अन्त्य गर्नुपर्ने बताइन् ।

कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई, हस्पिटल डाइरेक्टर इं रंजितराज बस्नेत, वरिष्ठ गाइनोकलोजिस्ट डा.शैलजा क्षेत्री, नारी विकास संघका अध्यक्ष सीता शर्मा, राटरियन गिरिजा शारडा, सुनिता अग्रवाल, मारवाडी महिला मंचका उपाध्यक्ष अमिता पेरीवाललगायतको सहभागिता रहेको थियो ।

लियो क्लब अफ बिराटनगर महानगर र लाइन्स क्ल्ब अफ बिराटनगर शुभमको आयोजना तथा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा बिभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । सम्मान कार्यक्रम गरिनु अगाडि विराटनगरमा प्रभातफेरी निकालिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ