२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल

सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल


काठमाडौं—सिभिल सर्विस अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघिका निर्देशक डा. दीर्घराज आरसीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । त्यसपछि कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको थियो । जसमा ८ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्येबाट डा. पौडेलसहित डा. प्रकाशराज न्यौपाने र डा. दिनेशकुमार लम्सालको नाम कार्यकारी निर्देशकका लागि सर्टलिष्ट गरेर सिफारिस गरिएको थियो । जसबाट डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

उनी केही समयअघि मात्रै वीर अस्पतालको चिफ कन्सल्ट्यान्सबाट रिटायर्ड भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ