२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमाछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान

माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान


पोखरा—माछापुच्छ्रे गाउँपालिकाले ६० जना अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अशक्त नागरिकलाई सहयोग गर्नु गाउँपालिकाको सामाजिक दायित्व भएकाले सहयोग गरिएको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा २ लाख ३५ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाका—८ र ९ मा भने वितरण गर्न बाँकी नै रहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता थापाले बताइन् ।

कार्यक्रममा गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक सञ्जाल अध्यक्ष गणेशप्रसाद अधिकारी, सञ्जालका सचिव वेदनिधि दवाडी, वडाध्यक्ष समबहादुर गुरुङलगायतले बोलेका थिए । उनीहरुले ज्येष्ठ नागरिकको सामाजिक तथा शारीरिक अवस्थाबारे चर्चा गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ