२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा थपिए ४५ संक्रमित

गण्डकीमा थपिए ४५ संक्रमित


पोखरा –  गण्डकी प्रदेशमा थप ४५ जना कोरोना संक्रमितको पहिचान भएको छ । गण्डकी स्वास्थ्य प्रतिष्ठान पोखराले दिएको जानकारी अनुसार सोमबार कास्कीमा ४३, बागलुङका १ र स्याङ्जाका १ जना रहेका छन् ।

कास्कीमा सबभन्दा बढी पोखरा १६ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका विद्यार्थीमा कोरोना देखिएपछि पिसिआर जाँच संख्या बढाइएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १६ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । १ लाख ३४ हजार ४ सय ८ जनाको नमुनाा जाच गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकीमा २०५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ