२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १८८ जनामा कोरोना पुष्टि

नेपालमा थप १८८ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७  पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १९  जनाको निधन भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ