२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १४५ जनामा कोरोना पुष्टि

थप १४५ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना   पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १ संक्रमितकाे मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ