२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौनजीवन सुखमय बनाउने यी ६ टिप्स

यौनजीवन सुखमय बनाउने यी ६ टिप्स


हाम्रो जीवनका केही पक्षहरू छन् जसमा मानिसहरूले खुला रूपमा कुरा गर्न सक्दैनन्। त्यो एक यौन जीवन पनि हो।

यद्यपि यो मानव जीवनको सामान्य गतिविधि हो, तर मानिसहरू प्रायः यसको बारेमा कुरा गर्न हिचकिचाउँदछन्। र यही कारणले धेरैजना यौन समस्याहरूको बाबजुद पनि चुप लागेका छन्। धेरैपटक मानिसहरू खुलेर आफ्नै सहयात्रीसँग कुरा गर्न पनि यत्ति लज्जित हुन्छन् कि खुलेर कुरा गर्न नसक्दा यौनजीवनमा निराशाजनक बन्ने गर्छ। त्यसको लागि केहि टिप्स छन् जसले तपाईको निराशाजनक यौन जीवनलाई सुखमयमा परिणत गर्न सक्छ।

१. शरीरको उर्जालाई नयाँ दिशा दिन स्वतन्त्र बनाउनुस ।

एक विज्ञले भनेका छन्, ‘यसको लागि नृत्य गर्नुहोस् अथवा योगको प्रयास गर्नुहोस्। तपाईले आफ्नो शरीरलाई एकपटक फिट राख्नु भयो र फर्ममा ल्याउनु भयो भने आफ्नो पार्टनरको शरीरसँग पनि तपाईले तालमेल मिलाउन सक्नुहुन्छ। शरीरमा सहजता बनाउनको लागि लागी नयाँ तरिकाहरू पत्ता लगाएर तपाईको यौन शक्तिलाई जगाउनुहोस्।

२. तपाईको डोपामाइनलाई ताजा अनुभवको साथ जगाइराख्नुहोस् ।

‘केहि नयाँ गर्नाले सम्बन्ध र आत्मीयताको भावना पैदा गर्दछ। एउटा परीधीको बाहिर सोच्नुहोस् र यस्तो गतिविधि गर्नुहोस् जसले तपाईमा मिठो डर उत्पन्न गराउनुको साथै तपाइलाई उत्साहित बनाउँदछ।’, सनी मेगाट्रन, सेक्स एजुकेशनर र अमेरिकन सेक्स पोडकास्टका सह-होस्टले भने। ‘तपाईले डोपामाइन सिर्जना गर्नुहुनेछ र तपाईको सम्बन्धको हनीमून चरणमा जस्तै भावनाहरू समेट्ने प्रयास गर्नुहोस।

डोपामाइन र मस्तिष्कमा रहेका अन्य रसायनहरू शारीरिक आकर्षण र रोमान्टिक जोससँग प्रत्यक्ष रूपमा जोडिएको छ। यही कारणले गर्दा नयाँ गतिविधिमा एकसाथ गाँसिएमा यसले उत्तेजना जगाउन सक्ने विज्ञहरु बताउँछन।

३. एक रातको समय यौनका विषयमा छलफल गर्न छुट्याउनुहोस्।

तपाईको चाहाना, सेक्स्युल मुभ्स कस्तो मनपर्छ, यौन बारे खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न एक रात छुट्याउनुहोस्। आफुलाई जवर्जस्ती कामुक बनाउने प्रयास नगर्नुहोस। १२ सय जना १८ वर्ष देखि २५ वर्षका उमेरसमूहमा सन् २०१६मा भएको एउटा सर्वेक्षणले के देखाएको छ भने महिला र पुरुषमा भिन्नभिन्न यौन अपेक्षा हुन्छ। ती अपेक्षा रातारात बदलिने हुँदैन। त्यसकारण दम्पतिले पारस्परिक रूपमा चरमआनन्द अनुभव लिनको लागि आफ्नो बेडमा पुगेपछि आफुलाई मनपर्ने नपर्ने कुराहरु खुलेर पोख्नुपर्दछ।

४. कहिलेकाहिँ आफ्नो पार्टनरसँग रात विताउन नयाँ-नयाँ ठाउँमा जानुहोस।

कहिलेकाहिँ टाढा गएर सानो भूमिका खेलेर अनुभव लिनुहोस्। त्यहाँ गएर कस्तो भूमिकामा प्रस्तुत हुने पहिला नै ब्याकस्टोरीहरू बनाउनुहोस्। ड्रेसअप गर्ने, मुड ताजा बनाउने र रमाइलो गर्ने। संयुक्त राज्य अमेरिकाको ट्राभल एसोसिएसनले रिपोर्टअनुसार यात्रा गर्ने दम्पतीहरूको यौन जीवन सुखमय हुन्छ। एक रोमान्टिक गेटवेमा जान प्रदर्शन गर्न धेरै दबाब सिर्जना गर्न सक्दछ। यदि तपाईलेसँगै समय बिताउनु भयो । हाइकिङ्ग जाने वा नयाँ स्थानमा जाँदा पनि तनावमुक्त हुनेछ।

५. आफ्नो पार्टनरको अघि आफुलाई कामुक बनाउनुहोस।

हस्तमैथुन गर्दा तपाईको साथीले तपाई आनन्द भएको हेर्न मद्दत मिल्छहेर्दा खुसी हुन्छन। र यसले सामिप्यता बढाउँछ। तपाईलाई शरीरको कुन अंगमा कसरी छुँदा आनन्द प्राप्त हुन्छ तपाई त्यो कुराको संकेत गर्नुहोस। जसले एक स्तरको निकटता बनाउन प्रोत्साहित गर्छ। हस्तमैथुनको धेरै फाइदा छन् जसले तपाइको मुडमा सुधार ल्याउँछ र तनाव कम गर्न मद्दत गर्छ जुन यौनसम्बन्धको लागि एक शानदार प्राइमर हो।

६. आफुमा भएको तनावलाई एक पछि अर्को गर्दै पोख्नुहोस।

एकअर्काबीच संचार नहुँदा पनि यौन सुखमा बाधा निम्त्याउँछ। गार्डियनका अनुसार हालसालै गरिएको एक सर्वेक्षणमा जुन जोडीले बारम्बार तर्कवितर्क गरी कुरा पोख्ने गर्थे उनीहरु थोरै कुरा गर्ने जोडीभन्दा १० गुणा खुशी हुने देखिएको छ। तपाई जति मायाका कुरा गर्नु हुन्छ तपाईको यौनजीवन त्यतिनै मिठास अनि सहज हुनेगर्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ