२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सोसाइटी अफ ड्रमाटोलोजीको अध्यक्षमा प्रा.डा. भट्टराई

सोसाइटी अफ ड्रमाटोलोजीको अध्यक्षमा प्रा.डा. भट्टराई


काठमाडौं– छालारोग विशेषज्ञहरुको साझा संस्था सोसाइटी अफ ड्रमाटोलोजीको अध्यक्षमा छालारोग विशेषज्ञ प्रा.डा. सबिना भट्टराई चुनिएकी छन् । शनिबार सम्पन्न भएको १५ औं अधिवेसनबाट डा. भट्टराईको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो ।

अधिवेसनले गण्डकी मेडिकल कलेज पोखरामा अध्ययापनरत प्रा.डा. सरस्वती शर्मा न्यौपानेलाई उपाध्यक्षमा चयन गरेको छ । त्यसैगरी किष्ट मेडिकल कलेजमा कार्यरत डा। मनिषा सिंह महासचिवमा चुनिएकी छन् ।

कोषाध्यक्षमा नेपाल मेडिकल कलेजकी डा. सिता जोसी, जर्नलको प्रमुख सम्पादक डा. जिपतारा पाठक थापा र सह-सचिवमा डा. आयुष झा चयन भएका हुन् ।

त्यसैगरी, सदस्यहरुमा डा. अनिलकुमार भट्ट, डा. प्रथना अधिकारी, डा. कुमार पोख्रेल र डा. सिमान्त अंकित चयन भएका छन् ।

यसअघिको १४ औ कार्यकालमा अध्यक्ष भएका डा. सुदिप पराजुली नेतृत्वको कार्यसमितिको २ वर्षे कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो । साेसाइटीकाे विधानमा निवर्तमान अध्यक्ष स्वतः कायर्यसमितिमा रहने व्यवस्था रहेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ