२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ फेरि बढ्न थाल्यो कोरोना संक्रमण, भेरी अस्पतालमा ४५ स्वाब परीक्षण गर्दा १८ जना पोजेटिभ

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, भेरी अस्पतालमा ४५ स्वाब परीक्षण गर्दा १८ जना पोजेटिभ


नेपालगन्ज—दक्षिण छिमेकी मुलुकमा दैनिक रुपमा बढ्दो कोरोना संक्रमणको असर नेपालमा पनि देखिन थालेको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ४५ वटा नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालकाअनुसार नेपालगन्जका १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, टीकापुरका १ जना, राजपुरका १ जना, बारेकोटका १ जना, सिम्ताका १ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोजेटिभ देखिएका स्याम्पलहरुमध्ये बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, सुर्खेत र ललितपुरका १÷१ जना रहेका छन् । अस्पतालले कोरोना संक्रमण बढ्दैं गएको भन्दैं सचेत रहन सबैमा आग्रह गरेको छ ।

पछिल्ला केही दिनहरुमा दक्षिण छिमेकी मुलुकमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । भारतमा पछिल्ला ६ दिनयता दैनिक ५० हजार बढी नयाँ पोजेटिभ देखिइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ