नेपालगन्ज—दक्षिण छिमेकी मुलुकमा दैनिक रुपमा बढ्दो कोरोना संक्रमणको असर नेपालमा पनि देखिन थालेको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ४५ वटा नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालकाअनुसार नेपालगन्जका १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, टीकापुरका १ जना, राजपुरका १ जना, बारेकोटका १ जना, सिम्ताका १ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोजेटिभ देखिएका स्याम्पलहरुमध्ये बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, सुर्खेत र ललितपुरका १÷१ जना रहेका छन् । अस्पतालले कोरोना संक्रमण बढ्दैं गएको भन्दैं सचेत रहन सबैमा आग्रह गरेको छ ।
पछिल्ला केही दिनहरुमा दक्षिण छिमेकी मुलुकमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । भारतमा पछिल्ला ६ दिनयता दैनिक ५० हजार बढी नयाँ पोजेटिभ देखिइरहेका छन् ।