२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६२ जनामा कोरोना पुष्टि

थप १६२ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप १ सय ६२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ७ सय ८६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

नेपालमा  अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ