२०८१ माघ २७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्वभर नै कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै : डब्लुएचओ

विश्वभर नै कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै : डब्लुएचओ


विश्व स्वास्थ्य संगठनले विश्वभर नै कोरोना संक्रमण तीव्ररुपले बढिरहेको बताएको छ । आफ्नो साप्ताहिक रिपोर्टमा संगठनले ५ सातादेखि लगातार कोरोना संक्रमणको केसमा वृद्धि भएको जनाएको हो।

पछिल्लो साता मात्रै ३८ लाखभन्दा बढी नयाँ केस थपिएको छ। समाचार एजेन्सी सिन्हुआको रिपोर्ट अनुसार २८ मार्च पछिका दिनहरुमा विश्वका सबै भू-भाग दक्षिण पूर्व एशिया, पश्चिमी प्रशान्त र अफ्रिका जताततै केसमा वृद्धि भएको छ। युरोप र अमेरिकामा मात्र ८० प्रतिशत केस थपिएको छ।

संगठनले कोरोना अपडेटको जानकारी दिँदै भन्यो, ‘बढ्दो केसको लागि आंशिक रूपमा कोरोनाको प्रजाति जिम्मेवार हुनसक्छ। किनभने कयौं देशमा नयाँ प्रजाति पाइएको छ। मृतकको केसमा पनि वृद्धि देखिएको छ।’

संगठनले १ सय ७७ देशमा खोप अभियान सुरु भएको उल्लेख गरेको छ। तीमध्य केहि स्थानमा संगठन अन्तरर्गतको कोभ्याक्स खोप अभियान चलिरहेको छ।

जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार बुधबारसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाको केसको कुल संख्या १२ करोड ८ लाख भन्दा बढी छ। भने २८ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ