२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार १२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ