२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण


काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा छैटौं कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । शनिबार भक्तपुरका ४४ वर्षीय कलेजो बिग्रिएका पुरुषको कलेजो प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।

४४ वर्षीय ती बिरामीलाई उनकी २५ वर्षीया छोरीले कलेजो दिएकी हुन् । ‘हामीले कलेजो प्रत्यारोपण सम्पन्न गरेका छौं । अहिले दुवैको अवस्था सामान्य छ,’ डा. ज्ञवालीले हेल्थआवाजसँग भने ।

कलेजो प्रत्यारोपणमा सर्जन डा. छेतेन योन्जन, डा. अनिशा तिवारी र डा. ललितकुमार दासको टोली संलग्न रहेको थियो । यस्तै, एनेस्थेसियामा डा. आरती राई र डा. सुशील तामाङ रहेका थिए ।

प्रत्यारोपणमा नेपाली टिमलाई सघाउन भारतको दिल्लीस्थित म्याक्स अस्पतालबाट डा. सलिन अग्रवालसहित ५ जनाको टिम आएको थियो ।

प्रत्यारोपण केन्द्रमा भएको यो छैटौ कलेजो प्रत्यारोपण हो । कोभिड—१९ का कारण झण्डैं एक वर्ष रोकिएर नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो ।

गत महिना मात्रै त्रिवि शिक्षण अस्पतालले पाँचौ कलेजो प्रत्यारोपण गरेको थियो । यही महिनामात्रै उपत्यका बाहिर चितवन मेडिकल कलेजमा पनि पहिलो कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ