२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १ लाखभन्दा बढीमा कोरोना पुष्टि

भारतमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १ लाखभन्दा बढीमा कोरोना पुष्टि


काठमाडौँ – भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा बढी १ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ जना पुगेको छ ।

तथ्यांक अनुसार भारतमा कोरोना प्रसार पछि पछिल्लो वर्ष १७ सेप्टटेम्बरमा ९७ हजार ८ सय ९४ केस देखिएको थियो। तर उक्त रेकर्डलाई उच्छिनेर पहिलोपटक सर्वाधिक रेकर्ड बनेको छ।

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ७८ जना संक्रमितको मृत्यु भएको छ। यसको साथै भारतमा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख ६५ हजार १ सय१ पुगेको छ। भारतमा लगातार २६ दिन देखि कोरोना केसमा वृद्धि आइरहेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #corona case in India


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ