२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण हुने, शंकास्पदको पिसिआर परीक्षण गरिने

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण हुने, शंकास्पदको पिसिआर परीक्षण गरिने


काठमाडौं—काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा शंकास्पदमा एन्टीजेन परीक्षण गरिने भएको छ । सोमबार बसेको जिल्ला कोभिड—१९ नियन्त्रण तथा रोकथाम समिति काठमाडौंको बैठकले नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एन्टीजेन टेष्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो ।

एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेका उक्त व्यक्तिलाई पिसिआर परीक्षणका लागि पठाइने निर्णय पनि समितिले गरेको छ ।

कोरोना नियन्त्रण सम्बन्धि विभिन्न ८ वटा निर्णय गरेको समितिले यसअघि सबै महानगरपालिका र नगरपालिका सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधि गर्ने र सबै नगरपालिकामा १÷१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, कोभिड—१९ सम्बन्धि जनस्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नेलाई कारवाही गरेर जरिवाना गर्ने, कोभिड सम्बन्धि जनचेतना फैलाउनका लागि नर्स, स्वास्थ्यकर्मी र शिक्षक÷शिक्षिकालाई परिचालन गर्ने, कोभिड संक्रमित केसहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्न महानगरपालिका र नगरपालिकालाई अनुरोध गर्ने निर्णय पनि बैठकको छ ।

चीन सरकारले हालै उपलब्ध गराएको कोभिड—१९ विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने भएकाले १८ देखि ५९ वर्षका चीनमा अध्ययन गर्ने विद्यार्थी, हिमालपार व्यापार गर्ने व्यवसायी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधी व्यापार र यसका प्रतिनिधी, प्राध्यापक र काठमाडौं जिल्लाभित्रका विद्यालयहरुमा कार्यरत शिक्षक÷शिक्षिकालगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवालाहरु निकायले आपसमा समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यस्तै, टेलिफोन तथा मोबाइलमा बज्ने रिङटोनमा कोभिड—१९ सम्बन्धि सूचनाहरु र जिगंलहरु प्रवाह गर्ने, कोभिड—१९ को जोखिम बढिरहेको सन्दर्भमा सार्वजनिक स्थापना गरिने कार्यक्रम हाललाई स्थगित गर्ने र गर्नै पर्ने कार्यक्रमहरुका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने बैठकको निर्णय छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ