२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २६६ जनामा कोरोना पुष्टि, २ को मृत्यु

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि, २ को मृत्यु


काठमाडौँ – नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय २ जना संक्रमित निको भएका छन्। यससँगै उपचार पछि निको हुने संख्या २ लाख ७३ हजार ३ सात ४२ पुगेको छ।

भारतमा कोरोना संक्रमण बढेसँगै यसको प्रभाव नेपालमा पनि परेको छ। केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबारको तुलनामा आज ९० केस बढी देखिएको छ।

यस्तै, थप २ जना संक्रमितको निधन भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ